परराष्ट्र मन्त्रालय पाउनुपर्ने संघीय समाजवादी फोरमको निर्णय


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

संघीय समाजवादी फोरमले परराष्ट्र मन्त्रालय पाउनुपर्ने निर्णय गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारमा सहभागी हुन उसले परराष्ट्र मन्त्रालय पाउनुपर्ने निर्णय गरेको हो ।

आज वसेको संसदीय दलको उक्त निर्णयपछि अध्यक्ष उपेन्द्र यादव उक्त मन्त्रालय आफूहरुलाई दिनेबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने तयारी गर्नु भएको छ ।

बालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालसँग यादवको छलफलपछि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ ।
हाल परराष्ट्रमन्त्रीमा प्रदीप ज्ञवाली हुनुहुनछ ।

पार्टी कार्यालय बालकुमारीमा बसेको फोरम संसदीय दलको बैठकले परराष्ट्र मन्त्रालयको जिम्मेवारी यसअघि दिने भनी सहमति भएकाले उक्त सहमति अनुसार सो मन्त्रालय खाली हुनुपर्ने निर्णय गरेको छलफलमा सहभागी एक नेताले बताएका छन् । ।

फोरमले तीन मन्त्री पाउने सहमति नेकपासँग भएको छ। अध्यक्ष यादवका लागि परराष्ट्र मन्त्रालय दिनुपर्ने फोरमले अडान राखेको छ भने अर्को मन्त्रालयमा सहरी विकास पनि लिन सकिने बैठकको निष्कर्ष छ। फोरमका सांसद मोहमद इस्तियाक राईका अनुसार मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई नै दिइएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com