प्रधानमन्त्री असार पहिलो साता चीन जाँदै, समृद्धिका लागि चिनियाँ सहयोग खोजिने
प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली अाउँदाे असार पहिलाे साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जानुहुने भएकाे छ ।
परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि असार ५ गतेको मिति तय गरेको बताइएको छ । चीनकाे सिचुवान प्रान्तबाट सुरु हुने भ्रमण पाँच दिनसम्म चल्ने भएको छ ।
भ्रमणका क्रममा प्रम ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतसँग उच्चस्तरीय छलफल गर्नुहुने परराष्ट्र स्राेतले जनाएको छ ।
ओलीको चीन भ्रमणमा रेलमार्ग, अन्तरदेशीय प्रसारण लाइन, सुक्खा बन्दरगाह एवं ७ वटै प्रदेशमा आपतकालीन उद्धार केन्द्र स्थापनासहितका विषयले प्राथमिकता पाउनेछन् ।
नेपालले चीनसँग सीमा जोडिएका रसुवागढी, किमाथांका, कोराला, हिल्सा नाकाको नेपाली भूभागमा दीगो सडक निर्माणसहितका प्रस्ताव लैजाने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वैशाखको पहिलो साता बेइजिङ पुगेर ओलीको चीन भ्रमण निश्चित गर्नुभएको थियो ।