तीन ओटा गाईको हत्या गरेकाे अभियोगमा खत्रीलाई १२ वर्षको जेल सुनाईयो


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

अर्घाखाँचीमा तीन ओटा गाई मार्ने यमबहादुर खत्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–२ का खत्रीले गाईको हत्या गरेको अर्घाखँची जिल्ला अदालतले प्रमाणित गरेपछि यो फैसला सुनाईएको हो ।

छिमेकीले दिएको जाहेरी अनुसार खत्रीले गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । खत्रीलाई मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम कारबाही गरिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com