कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुरा


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ ।

खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् ९युएइ०ले साथ दिएका थिए ।

उनीहरुले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए । कतारले ‘आतङ्कबाद’लाई सहयोग पु¥याएको र इरानसँग नजिकिएको नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् ।

तर कतारले भने उनीहरुको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको थियो ।

उनीहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन् । साथै कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् ।

साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय पनि बन्द गरिदिएको छ । नाकाबन्दी लगाउने देशहरुले गत वर्षको जुन २२ मा साउदी अरबको नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा सर्त पुरा गर्न भनिएको पनि समाचारमा जनाइएको थियो ।

मागमध्ये एउटा अल जाजिरा च्यानल बन्द गर्नुपर्ने माग पनि थियो । त्यसैगरी इरानसँगको सम्वन्धलाई महत्व दिनु नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने सर्त पनि ती देशहरुले राखेका थिए ।

माग तथा सर्त पुरा गर्न उनीहरुले कतारलाई दश दिनको समय दिएका थिए । तर ती माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो ।

विवाद समाधान नभइरहेका बेला गएको सेक्टेम्बर ८ मा कतारका राजाले साउदी अरबका युवराजसँग वार्ता गर्न चाहेको खवर पठाउनुभयो ।

राजाको त्यो आह्वानलाई कतारी सञ्चारमाध्यमले गलत तरिकाले व्याख्या गरे । त्यसपछि सेक्टेम्बर ९ मा साउदी अरबले कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com