जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस देशभरी विभिन्न कार्यक्रम गरी मनाईदै
प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार
जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आज देशभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । २०६३ साल जेष्ठ २१ गते जनआन्दोलन पछिको पुनस्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।
त्यसपछि २०६८ साल जेष्ठ १० गते जातिय भेदभाव तथा छुवाछुत (कसूर र सजाँय) विधेयक पारीत भइ जेठ १९ मा राष्ट्रपतिबाट प्रमाणिकरण भएर लागु भएको थियो ।
यसअघि अन्तरिम संविधानमा सार्वजनिक ठाउँमा विभेद गर्न नपाइने भनिएकामा २०७२ सालमा आएको नयाँ संविधानमा सार्वजनिक र नीजि कुनैपनि ठाउँमा जातकै आधारमा कुनैपनि व्यक्तिलाई विभेद गर्न नपाईने र त्यस्तो गरेको पाइएमा कडा कार्वाही हुने भनिएको छ ।
यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन आहृवान गर्नुभएको छ ।
नेपाली एक भएर लागेमा छुवाछुत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैंको लागि समाप्त हुने उहाँको भनाइ छ ।
दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ‘राज्यको कानून, सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछुत गम्भीर चुनौती रहेको वताउनुभएको हो ।