आज विश्व वातावरण दिवस मनाईदै मान्छेसँग प्रकृतिलाई जोड्न आह्वान


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

आज नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर विश्व वातावरण दिवस मनाईदैछ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ ।

सन् १९७२ मा संयुक्त राष्ट्रसंघले आयोजना गरेको विश्व वातावरण सम्मेलनको सन्दर्भ पारेर हरेक बर्ष विश्व वातावरण दिवस मनाउन लागिएको हो ।

सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकार गरिएको हो ।

उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभएको थियो ।

विश्व वातावरण दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणमा सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न आह्वान गर्नु भएको छ ।

उहाँले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com