साउदी महिलाले पहिलो पटक लाइसेन्स पाए, जुन २४ बाट गाडी चलाउने


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन्।

सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो। साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय गरेका थिए।  अब यही जुन २४ देखि साउदी अरबमा महिलाले सडकमा सवारी चलाउन पाउने छन्। यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो।

राजधानी रियाद सहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको साउदी सरकारले बताएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com