पर्सा प्रहरीद्वारा ठूलो परिणाममा प्रतिबन्धित भारतीय रुपैयाँ बरामद


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

पर्सा प्रहरीले ठूलो परिणाममा प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको छ । प्रतिबन्धित २ हजारको नोटसहित कुल ३१ लाख ८० हजार रुपैयाँसहित दुई जना भारतीयलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित नोट भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सुचनाको अधारमा नेपाल प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपालतर्फबाट आइरहेको ना.२७.प ३८११ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बरामद भएको प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।

पक्राउ पर्नेमा भारत, बिहार जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत बेलवा बस्ने ३० बर्षीय चितरन्जन प्रसाद र भारत, बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी थाना पालानवा ग्राम पञ्चायत बेलवा १४ का १८ बर्षीय रोहित केशरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीका लागि हरिहर भवन पुलचोक पठाउने तयारी गरिररहेको पर्सा प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com