५० हजार घुससहित सर्लाहीका प्रशासकिय अधिकृत समातिए


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश कुमार दासलाई ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पक्राउ गरेको हो । आयोगले आज ‘स्टिङ अप्रेसन’ गरी अधिकृतलाई घुससहित पक्राउ गरेको हो ।

अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबाट खटिएको प्रहरी टोलीले प्रशासकिय अधिकृत सुरेश कुमार दासलाई ५० हजार घुस सहित पक्राउ गरेको हो । एक खाद्य व्यापारीसँग दासले घुस लिएका थिए । सेवाग्राही बाट कालोबजारी मुद्दा चलाउने भन्दै धम्काएर पैसा लिएका थिए ।

पैसा लिन उनी निजी गाडीमा मलगंवास्थित जिल्ला अदालत अगाडि पुगेका थिए । पैसा लिएलगत्तै आयोगले उनलाई पक्राउ गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com