एमाले र माओवादी मिलेर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)
प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का रुपमा दर्ता भएको छ ।
निर्वाचन आयोगको बुधबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का रुपमा दर्ता गर्ने निर्णय गरेको हो ।
दुई पार्टीबीच एकीकरणका बेला नेपाल कम्युनिष्ट पार्टी मात्र नाम राख्ने तयारी गरेपनि ऋषी कट्टेलको नाममा उक्त पार्टी दर्ता भएकोले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीमा अण्डरलाइन गरेर दर्ताका लागि निवेदन दिइएको थियो ।
तर, त्यसको पनि विवाद आउने देखेपछि नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का रुपमा दर्ता गर्न अर्को निवेदन दिइएको थियो ।