उपेन्द्र देवकोटाको स्वास्थ्यअवस्था स्थीर, आईसीयुमै उपचार जारी
प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार
विगत लामो समयदेखी विरामी पर्नुभएका न्यूरो सम्बन्धी बरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटा को स्वास्थ्य अवस्था स्थीर रहेको तथापी उहाँको आइसियुमा उपचार भैरहेको अस्पताल श्रोतले जनाएको छ ।
देवकोटा बारे विभिन्न निराधार समाचारहरु आइरहेका बेला अस्पताल स्रोतले खसोखासका प्रधान सम्पादक किशोर पन्थी सँग कुराकानी गर्दै डा.उपेन्द्र देवकोटा पुरानै स्थीर अवस्थामा आइसियु बेडमा रहेको र उहाँको उपचार भैरहेको बताएको छ ।
अरु सबै अनावश्यक निराधार हल्ला भएको न्यूरो अस्पताल बाँसबारीले जनएको छ ।