स्मार्ट लाइसेन्स परीक्षाको नतिजा र प्रिन्ट भए/नभएको सूचना एसएमएसबाटै


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए/नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । ट्रायल पास भएपछि आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि अब विभागमा पटक-पटक जानुपर्ने छैन ।

यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिनेछ ।

त्यसैगरी विभागले आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि एसएमएसको सुविधा सुरु गरेको छ । यसका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिने छ ।

विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । अबको २ महिनाभित्र लाइसेन्सका अभावसम्बन्धी सम्पूर्ण समस्या हट्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com