४० लाख ९८ हजार ब्लडमनी तिरेर फर्किए थानेश्वर भुसाल


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश आइपुगेका छन् । साउदी अदालतले माग गरेको एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) ब्लडमनी बुझाएपछि उनी जेलबाट मुक्त भई स्वदेश फर्केका हुन् ।

भुसालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले १५ लाख ५० हजार गरी ४० लाख ९८ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो । पीएनसीसीले चन्दा संकलन गरी रकम जुटाएको थियो ।

भुसाल ब्लडमनी तिर्न नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा थिए । २७ सेप्टेम्बर २०११ मा इनोभेटिक म्यानपावरबाट साउदी अरब गएका उनी साउदीमा गाडी चलाउँथे । ५ जुन २०१२ मा उनी गाडीसहित सडकमा थिए ।

‘रोकिराखेको गाडीलाई पछाडिबाट एक भारतीय चालकले चलाएको गाडीले ठक्कर दियो’, थानेश्वर भन्छन्, ‘मेरो गाडी हुत्तिएर अगाडि रोकिराखेको अर्काे गाडीलाई ठक्कर दिन पुग्यो । त्यो दुर्घटनामा ठक्कर दिने भारतीय चालक इशम साहिब र ठक्कर खाने गाडीका चालक साउदी नागरिक रद जमान अलजदानी दुवैको ज्यान गयो ।’

जेद्दा प्रान्तमा अपराध हेर्ने न्यायालयका न्यायाधीश अब्दुलरहिम विन इब्राहिम अन्मुतेहेफले भुसाल र साहिब शतप्रतिशत दोषी रहेको फैसला गरिदिए । र, अलजदानीको परिवारलाई ३ लाख रियाल ब्लडमनी बुझाउन आदेश दिए ।

आदेशअनुसारको रकम दुई चालकका परिवारले आधाआधा जम्मा गर्नुपर्ने भयो । भुसाल परिवार त्यत्रो रकम बुझाउन सक्ने हैसियतमा थिएन । जेद्दास्थित नेपाली कन्सुलेटले ब्लडमनी मिनाहा गर्न आग्रह गरे पनि अलजदानी परिवारले मानेन । निजी कानुनमा परिवारलाई निर्णय गर्न छुट छ । तर, परिवारले अस्वीकार गरेपछि ब्लडमनी नबुझाएसम्म जेलमुक्त गर्न सकिन्न ।

भुसालले सबैको साथबाट आफू स्वदेश फर्कन सम्भव भएको बताए । उनका ६५ वर्षीया आमा यमकुमारीले छोरा फर्काउन सहयोग गर्नेहरूलाई धन्यवाद दिएकी छन् । ‘हामीलाई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com