ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

बिहीबार विहान सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गर्दै समूह ई को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।समूह चरणको अन्तिम खेलमा ब्राजिलका लागि पाउलिन्होले ३६ मिनेटमा गोल गरेर अग्रता दिलाए।

उनले काउटिन्होले उपलब्ध गराएको पासमा सर्वियाका गोलकिपरलाई छक्काउदै गोल गरेका थिए।

ब्राजिलका लागि दोस्रो गोल डिफेन्डर थियागो सिल्भाले गरे। उनले ६८ मिनेटमा नेइमारले प्रहार गरेको कर्नर बलमा गोल गरे।जितपछि ब्राजिलले ३ खेलबाट ७ अंक जोड्यो।

पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई २-० गोल नै पराजित गरेको थियो।अब ब्राजिलले अन्तिम १६ मा समूह एफको उपविजेता मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com