भद्र र रुपसी चीन जाने साइत जुर्यो
प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो ।
नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ, चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जाने खबर आजको नागरिक दैनिकले छापेको छ ।
समाचार अनुसार, यस जोडीलाई जुलाई १२ (असार २८) मा चीन पठाइने छ ।