‘न्यु चेली’ अब अमेरिकामा पनि, चाहेकै डिजाइनमा घरघरमै डेलिभरी
प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार
ललितपुरको कुपण्डोलमा रहेको न्यु चेली बुटिकले अब अमेरिकामा पनि आफ्नो व्यवसाय विस्तार गरेको छ । अमेरिकामा रहनेहरुले अब न्यु चेलीका उत्पादनहरु घरघरमा नै डेलिभरी पाउने भएका छन् ।
अमेरिकाको न्युयोर्कमा विधिवतरुपमा दर्ता भई न्यु चेली बुटिकले अमेरिकामा समेत ग्राहक सेवा सुरु गरेको न्यु चेली बुटिककी संचालक अनुस्का भट्टले जानकारी दिनुभयो । न्यु चेली बुटिकको वेवसाइट वा फेसबुक पेजमार्फत अमेरिकामा रहेकाहरुले पनि आफूलाई मन परेको उत्पादन अनलाइनमार्फत अर्डर गर्न सक्ने भएका छन् ।
न्युचेलीको वेवसाइट हेर्न यहाँ क्लिक गर्नुहोला ।
साथै फोन, फेसबुक वा वेवसाइटमार्फत न्यु चेली बुटिकमा सम्पर्क गरेर आफूले चाहे अनुशारको डिजाइन समेत अर्डर गर्न सक्ने भट्टले जानकारी दिनुभयो । न्युचेली बुटिकले तीज लगायतका चाडपर्वको अवशरमा विशेष अफर र छुट समेत ल्याएको छ । सारी, लेहेंगा, कुर्ता लगायतका पोशाकहरु आकर्षक डिजाइनमा विशेष छुटका साथ उपलब्ध गराइएको छ ।
खासगरी अमेरिकामा रहेका नेपालीहरुलाई लक्ष्यीत गरेर व्यवसाय विस्तार गरिएको भट्टले जानकारी दिनुभयो । झण्डै १० बर्ष अमेरिकामा नै बसेर काम गर्नुभएकी अनुस्का भट्टले अब अमेरिकामा रहेका नेपालीहरुले आफ्नो मौलिकता र आफूले चाहेको डिजाइनमा सुपथ मुल्यमा पोशाकहरु प्राप्त गर्नसक्ने बताउनुभएको छ ।
फेसबुक पेजमार्फत पनि न्यु चेलीमा सम्पर्क गर्न सकिन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोला ।
अनुस्काले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो – ‘दिदी बहिनीले आफ्नो चाहाना अनुसार दिनुभएको डिजाइन वा हाम्रो डिजाइन दुबैमा ड्रेस तयार हुन्छ । अनलाईन माफर्त अर्डर गर्नुहुनेहरुका लागि पनि उहाँहरुको चाहाना अनुसार ड्रेसहरु तयार भैरहेका छन् ।’
‘विदेशमा रहेका दिदी बहिनीहरुसँग कामको कारण समय पनि हुदैन । भाइवरमा फोटो सेन्ट गरेर त्यही अनुसार ड्रेस तयार गरिदिन्छौ । कतिले आफ्नो डिजाईन पठाउनुहुन्छ । त्यही अनुसार पठाउछौ । उहाँहरु खुशी नै हुनुहुन्छ ।’ – अनुस्का भट्टले भन्नुभयो ।
अनुस्का भट्टसँगको विस्तृत कुराकानी खसोखासको आगामी अंकमा प्रकाशित हुनेछ ।