कुवेतमा एक नेपालीको निधन
प्रकाशित मिति : भाद्र २०, २०७५ बुधबार
कुवेतमा हृदयघातका कारण एक नेपालीको निधन भयको छ । धनुषा जानकी नन्दनी गाउँपालिकाका स्थायी घर भयका पन्चलाल कपारीको हृदयघातका कारण निधन भएको हो ।
बिगत ६ बर्षदेखि कुवेतको कम्बाईन म्पनीमा कार्यरत पन्चलाल कपारीलाई गत सोमबार साँझ अचानक मुटु दुख्यो भनेपछी क्याम्प बोसको सहयोगमा अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको थियो ।
अहिल्र मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरि मृतकको सब छिटोभन्दा छिटो नेपाल पठाउन पहल गरिने नेपाली दूतावास कुवेतले जानकारी दिएको छ ।मृतक पन्चलालको नेपालमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन ।