अष्ट्रेलियाको युनिभर्सिटी अफ नट्रे ड्याम : नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्ति


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

अष्ट्रेलियाको युनिभर्सिटी अफ नट्रे ड्याम प्राइभेट युनिभर्सिटी हो । क्याथलिक युनिभर्सिटीको रुपमा चिनिने यो युनिभर्सिटी सन् १९८९ मा स्थापना भएको थियो । यस युनिभर्सिटी अन्तर्गतको पढाइ न्यु साउथ व्ह्लेस र भिक्टोरियाका सहर तथा रिजनल क्षेत्रमा समेत हुन्छ ।

यस युनिभर्सिटीमा पढ्नको लागि अन्डरग्राजुएटको लागि वार्षिक शुल्क २७ हजार डलर देखि ३७ हजार डलर सम्म लाग्छ भने पोस्टग्राजुएटको लागि २७ हजार डलर देखि ४३ हजार डलरसम्म लाग्छ । यस युनिभर्सिटीमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई विशेष सुविधा समेत रहेको छ।

यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

  • Arts & Sciences
  •  Business
  • Education
  • Health Sciences
  • Law
  • Medicine
  • Nursing & Midwifery
  • Philosophy & Theology
  • Physiotherapy

राम्रो क्षमता भएका, राम्रो नतिजा भएका नेपाली विद्यार्थीहरुको लागि यस युनिभर्सिटीमा छात्रवृत्तिको विशेष व्यवस्था रहेको छ । छात्रवृत्तिको  जानकारी लिनको लागि [email protected]. मा क्लिक गर्नुहोस् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com