अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा विदेशीहरुले बस्न नपाइने


प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार

अष्ट्रेलियाको सरकारले अष्ट्रेलिया आउने विदेशीहरुलाई मेलबर्न र सिड्नी जस्ता प्रमुख शहरमा बस्नमा रोक लगाउने भएको छ ।

अष्ट्रेलियाली सरकारले मुलुकको दुई ठूला शहर मेलबर्न र सिड्नीको जनसंख्या व्यवस्थापन गर्न र देशमा क्षेत्रीय असमानता कम गर्न विदेशीहरुलाई ग्रामीण क्षेत्रमा पठाउने नियम ल्याउन लागेको जनसंख्यामन्त्री टजले मंगलबार जानकारी दिएका छन् ।

पछिल्लो दशक अष्ट्रेलियामा ६० प्रतिशत जनसंख्या वृद्धि आप्रवासनका कारण र बॉकी ४० प्रतिशत मात्र प्राकृतिक रुपमा वृद्धि भएको अनुसन्धानले देखाएको थियो । अष्ट्रेयाली सरकारको नयॉ नीति अन्तर्गत सरकारले ‘रिस्ट्रिक्टेड भिसा’ दिने र सबैलाई पहिलो पॉच वर्ष ग्रामीण क्षेत्रमा बस्न अनिवार्य गराउने बताएको छ । आप्रवासनका लागि आउने अधिकांशको रोजाइ सिड्नी, मेलबर्न र दक्षिणपूर्वी क्वीन्सल्यान्ड हुने गरेको सरकारको भनाइ छ ।

अष्ट्रेलिया भित्रिने ७० प्रतिशत आप्रवासीहरु दक्ष भिसामा अष्ट्रेलिया भित्रिने गरेका छन् । त्यसैले उनीहरुलाई ग्रामीण क्षेत्रमा बस्नुपर्ने बाध्यत्मक नीति कार्यान्वयनमा ल्याउदा उनीहरुलाई रोजगारीको अवसर प्रदान गराउनु चुनौतिपूर्ण रहेको अष्ट्रेलियन सिमा बलका पूर्व प्रमुख रोमन क्वादेभ्लिगले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com