आँधीले ढलायो २१५ वर्ष पुरानो बुढो रुख, जरा देख्नासाथ मानिसहरु तर्सिएर बोलाए पुलिस


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

उत्तरी आयरल्याण्डमा एक तुफानपछि निकै विचित्र घटना भयो यहाँ तुफानले २१५ वर्ष पुरानो रुख ढल्यो । रुखका जरा जमिनबाट माथि आए । त्यहाँका केही मानिसहरु यसलाई हेर्न गए । जब उनीहरुले नजिकबाट हेरे जरामा अल्झिएका अड्डीहरुदेखेपछि आत्तिएर पुलिसलाई फोन गरे । डार्क हेजेस नामको यो चर्चित ठाउँमा जब पुलिस पुग्यो तब देख्यो कि

रुखमुनि आधा कंकाल थियो । कंकालको केही भाग रुखको जरामा अल्झिएको थियो । पुलिसले पनि बुझ्न सकेन कि आखिर यहाँ भएको के थियो ? त्यसपछि पुलिसले केही वैज्ञानिकहरुलाई घटास्थ बोलायो ।

वैज्ञानिक पनि जरामुनिबाट निस्केका विचित्र कंकाल देखेर चकित थिए । जाँचमा थाहा भयो कि यो रुख करिब २१५ वर्ष पुरानो थियो । यो विशाल रुखलाई जुन तुफानले ढलायो त्यसको गति करिब १६० किलोमिटर प्रतिघण्टा थियो । वैज्ञानिकको लागि सबैभन्दा ठूलो प्रश्न यो थियो कि आखिर यो कंकाल कसको थियो र रुखमुनि कसरी आयो ? वैज्ञानिकहरुले आसपासबाट जानकारी जुटाएर अनुसन्धान गर्दै जाँदा निकै आश्चर्यजनक खुलासा भयो । वैज्ञानिकहरुले कार्बन डेन्टिङ प्रविधिबाट पत्तँ लगाए कि यो कंकाल जसको थिया उसको मृत्यु १७ देखि २० वर्षको उमेरको बीचमा भएको थियो ।

यो एक पुरुषको कंकाल थियो जसको मृत्यु १ हजार वर्ष पहिले भएको थियो । जाँचमा थाहा भयो कि यी व्यक्तिको शरीरलाई काटिएको थियो । उनको शरीरलाई बीचबाट काटेपछि हात पनि काटिएको थियो । यसबाट वैज्ञानिक यो नतिजामा पुगे कि यी व्यक्तिको मृत्यु प्राकृतिक थिएन । यसबाट अनुमान गरिएको छ कि यी व्यक्तिलाई कसैले दुश्मनीका कारणले वा सजाय दिँदा काटेका थिए वा उनको मृत्यु कुनै युद्धमा भएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com