अष्ट्रेलियामा दशैंको टिकाको उत्तम साईत,कुन शहरमा कहिले ?
प्रकाशित मिति : कार्तिक १, २०७५ बिहीबार
हिन्दू समाज अष्ट्रेलियाले दशैंको टिकाको उत्तम साईत सार्वजनिक गरेको छ ।
समाजका अनुसार अनुसार विजया दशमीको टीकाको साईत सिड्नीमा १९ अक्टोबरका दिन दिउँसो २ बजेर ४९ मिनेटदेखि तीन बजेर ४० मिनेटसम्मको रहेको जनाइएको छ । यस्तै मेलबर्नमा दिउँसो सवा तीन बजेदेखि ४ बजेर ७ मिनेटसम्म, ब्रिसबेनमा एक बजेर ३९ मिनेटदेखि २ बजेर ३० मिनेटसम्म, एडिलेडमा ५ बजेर १० मिनेटदेखि ४ बजेर एक मिनेटसम्म, क्यानबेरामा २ बजेर ५८ मिनेटदेखि तीन बजेर ४९ मिनेटसम्म, तास्मानियामा तीन बजेर ८ मिनेटदेखि ४ बजेर एक मिनेटसम्म, पर्थमा २ बजेर १० मिनेटदेखि तीन बजेर एक मिनेटसम्म, डार्विनमा २ बजेर ३४ मिनेटदेखि तीन बजेर २३ मिनेटसम्म उत्तम साईत मानिएको छ ।
यो समयमा टिका लगाउँदा ईच्छाएको पूरा हुने, धार्मिक संकल्पअनुसारको शुभ साईतमा टिका लगाउँदा र आफूभन्दा ठूला मानिसहरुबाट आशिर्वाद लिँदा वर्षाभरि नै शुभ फल मिल्ने बताइएको छ । यद्यपि, यो शुभ साईतभन्दा अन्य समयमा पनि विजया दशमीको दिन टिका लगाउन सकिने बताइएको छ ।
नेपालीहरुको संख्या बढेसँगै अष्ट्रेलियामा पनि दशैंको रौनक बढ्दो छ ।