शृंखलाको हौसला बढाउन बुबाआमा चीन जाँदै
प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार
मिस वर्ल्ड–२०१८ फाइनल राउन्डमा पुगेकी छोरी शृंखला खतिवडालाई थप हौसला प्रदान गर्न उनका बुबाआमा चीन जाने भएका छन्।
शृंखलाका बुबा विरोध खतिवडाले भने, ‘छोरीको हौसला बढाउन परिवारको र सबै नेपालीको प्रतिनिधित्व गर्दै हामी चीन जान लागेका हौँ ।,’ विरोध खतिवडा प्रतिनिधिसभामा सदस्यसमेत हुन् ।
चीनको सान्या सहरमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल शृंखला ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पस्’ अवार्ड जित्दै फाइनल राउन्डमा प्रवेश गरेकी छन् । यस राउन्डमा उत्कृष्ट ३० प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ। यसकै आधारमा उत्कृष्ट १५ छनोट गरी अर्को राउन्डमा लगिन्छ।