अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु


प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार

संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो ।

मेक्सिकोबाट बाबु र अरु दर्जनौं व्यक्तिसँगै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकी ती बालिकाको शरीरमा पानीको मात्रा कम हुने समस्याबाट मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ ।

उक्त निकायले ती बालिकाले धेरै दिनदेखि केही नखाएको र पानी समेत नपिएको बताएको छ । पक्राउ परेलगत्तै त्रसित मुद्रामा देखिएकी ती बालिकामा एकाएक काँप्ने समस्या देखिएको, र उपचारका लागि स्थानीय अस्पतालमा पु¥याएलगत्तै मृत्यु भएको सीमा सुरक्षा निकायले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिलाई अवैध आप्रवासीको संज्ञा दिँदै उनीहरुलाई अमेरिका प्रवेश गरेमा पक्राउ गरी फर्काइदिने चेतावनी दिनुभएको छ । उहाँले हजारौं अमेरिकी सुरक्षा फौजलाई मेक्सिकोसँगको सीमामा तैनाथ गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com