जापानको पवमा बम बिस्फोट, ४२ घाइते


प्रकाशित मिति : पुस २, २०७५ सोमबार

जापानको उत्तरी शहर सापोरोमा रहेको एक पवमा  गएको राति(आइतबार राति )बिस्फोट हुँदा ४२ जना घाइते भएका छन् । केहीको अवस्था नाजुक भएको होक्काइडोका प्रहरी  अधिकारी रोहेई काशिहाराले बताएका छन् ।

बिस्फोटपछिको आगलागीका कारण एउटा भवन ढल्नुका साथै ग्यास गन्हाइरहेको स्थानीय बासिन्दाले बताएका छन्  । सो क्षेत्रका भवनका झ्याल समेत फुटेका छन् । विस्फोटको कारण खुलेको छैन । बिस्फोट स्थानीय समयअनुसार राति ८ः३० बजे भएको थियो ।

प्रहरीको इमर्जेन्सी सर्भिसले विस्फोटनको अनुसन्धान गरिरहेको जनाइएको छ । भिडियोमा देखाइएअनुसार विस्फोटन निकै नै भयानक थियोे । बाटोमा क्षतविक्षत सामग्री निकालिएको छ । विस्फोटबाट झ्यालहरु नै पनि बाटोमा पुगेका छन् ।

आगो नियन्त्रणका लागि २० वटा फायर इन्जिनको प्रयोग गरिएको थियो । घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । अर्को विस्फोटनको सम्भावनालाई लिएर फायर फाइटर्सहरुले स्थानीयलाई सचेत गराएका छन् । साप्रोमा झण्डै २० लाख मानिसको आवादी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com