४५ वर्षीया मलाइकाको १६ वर्षे शरीर (भिडियो)
प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार
मलाइका अरोडा ४५ वर्षकी भइन् र उनले आफूलाई फिट राख्न निकै कडा मेहनत गर्छिन्। केही दिन पहिला मलाइकाले कडा शारीरिक अभ्यास गरेको एउटा भिडियो शेयर गरेकी छन्। यो भिडियोमा उनी ब्याक फ्लिप गर्दै गरेको देखिएको छ।सामाजिक संजालमा यो भिडियोलाई निकै मन पराइएको छ। यो भिडियोलाई अहिलेसम्म साढे ६ लाख भन्दा धेरैले हेरिसकेका छन्। त्यतिमात्रै होइन भिडियो हेरेपछि धेरैले मलाइकाको प्रसंसा गरेका छन्।एक अन्तर्वाताका क्रममा मलाइकाले आफ्नो डाइटमा तरकारी कहिल्यै नछुट्ने बताएकी थिइन्।
साथै उनी एन्टी अक्सीडेन्ट फूटको पनि प्रयोग गर्छिन्। मलाइका विहानै हेल्दी जुस पिएर दिनको सुरुवात गर्छिन्।उनले आफ्नो वजन कन्ट्रोलन गर्नकालागि लन्च र डिनरमा डिटाक्स मिल खान्छिन्। जसमा धेरैजसो उमालेको तरकारी हुन्छ। मलाइकाको उक्त भिडियो हेरेपछि धेरैले उनको प्रसंसामा शब्द खर्च गरेका छन्। एक युजरले लेखेका छन्–तपाइँ किनै सुन्दर हुनुहुन्छ। मलाइ तपाइँमाथि गर्व छ, तपाइँजस्ता कलाकार बलिउडमा छन्।’ भिडियो हेर्न् यहा क्लिक गर्नुहोस