नयाँ वर्षलाई न्‍युजिल्‍याण्ड र अष्ट्रेलियामा भव्‍य स्वागत [ फोटो ]


प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार

अंग्रेजी नयाँ वर्ष सन् २०१९ लाई न्‍युजिल्‍याण्ड र अष्ट्रेलियामा भव्‍य रुपमा स्वागत गरिएको छ। सन् २०१८ लाई बिदा गरी नयाँ वर्ष २०१९ को आगमनलाई अक्ल्‍याण्ड र सिड्नीका स्थानीयले एकै ठाउँमा भेला भई आतिसबाजीका साथ मनाएका हुन्।

अष्ट्रेलियाको ओपेरा र हार्बर हाउसमा नयाँ वर्षको स्वागतमा करीब १५ लाख मानिसहरु जम्मा भएर खुसियाली मनाएको सिड्नीका निमित्त प्रहरी प्रमुख मार्क वालटनले बताएका छन्।

उनले भनेका छन्, ‘नयाँ वर्षको भव्‍य स्वागत गर्न एक लाख टाढासम्‍म प्रभाव पार्ने संगीतको माध्‍यमबाट पानीमा छाल बनाइएको छ। यसले मानिसहरुको भीड लागेको छ। कोही ढुंगामा बसेर आपसमा रमाइरहेका छन् भने कोही आतिसबाजीलाई नियालिरहेका छन्। उनीहरुको मुहारमा खुसियाली छाएको छ।’

यस्तै अंग्रेजी नयाँ वर्षलाई न्‍यूजिल्‍याण्डमा पनि मानिसहरु भेला भएर आतिसबाजीका साथ स्वागत गरेका छन्।

विश्वभरका मानिसहरु आ-आफ्नो देशका मुख्य शहरहरुमा नयाँ वर्ष २०१९ लाई उमङ्ग र हर्षोल्लासका साथ स्वागत गर्ने तयारीमा छन्।

यस्तै जापान, दुबई, मस्को र लन्डनसहित लामो समयसम्म एक्लो बनेको याङ्गोनले पनि यस्तै कार्यक्रम आयोजना गरी नयाँ वर्षको आगमनलाई स्वागत गर्नेछन्।

कुनै देशमा मध्यरातबाट सुरु हुने नयाँ वर्षका लागि मानिसहरु भेला भएका छन्। दुबईको बुर्ज खालिफा डाउनटाउनबाट समेत ३ घण्टाको समयसम्म चम्किला आतसबाजीको साथमा स्वागतको तयारी गरिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com