अष्ट्रेलियाको मेलबर्नबाट पाकिस्तानी विद्यार्थीलाई देश निकाला
प्रकाशित मिति : पुस २१, २०७५ शनिबार
अष्ट्रेलियामा आउँदै गरेका एक विद्यार्थी विमानस्थलबाट नै फर्काइएका छन् ।
युएई हुँदै मेलबर्न आइरहेका ती पाकिस्तानी नागरिकको मोबाईलमा बालबालिकाको अश्लिल तस्वीर भेटिएको अष्ट्रेलिया सीमा बलले जनाएको छ । उनको व्यागेज चेकजाँच हुँदा शंका लागेर अधिकारीहरुले फोन पनि जाँच गरेका थिए ।
यस्ता सामाग्री देख्ने बित्तिकै उनको भिसा क्यान्सिल गरिएको थियो भने अध्यागमन ऐन १९५८ अनुसार उसलाई नियन्त्रणमा लिएर अष्ट्रेलियाबाट फिर्ता पठाइएको थियो । अष्ट्रेलियन बोर्डर फोर्सका क्षेत्रयि कमान्डर सिराग पाल्मर भन्छन्, “बाल दूराचारका सामग्रीहरुका लागि अष्ट्रेलियामा कुनै ठाउँ छैन । यस्तो गर्ने, हेर्ने र बोक्ने व्यक्तिहरु तत्कालै देश निकाला गरिनेछ ।”
यसअघि पर्थबाट पनि यस्तै घटनामा केही आप्रवासीहरुलाई विमानस्थलबाट नै फर्काइसकिएको छ ।