अमेरिकी रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्वारा राजीनामा


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार आफ्नो जिम्मेवारी त्यागेका अधिकारीहरुले जानकारी दिएका छन् ।

‘पेन्टागनमा प्रवेश गरेको दुई बर्षपछि मैले यहाँबाट बाहिरिने निर्णय गरेको छु, निजी क्षेत्रमा फर्किने यो मेरो उपयुक्त समय हो भन्ने लागेको छ,’ जनवरी ५ मा जारी गरेको उनको वक्तव्यमा भनिएको छ ।

उनले सन् २०१७ को जनवरीदेखि अमेरिकाको रक्षा मन्त्रालयको प्रमुख कर्मचारीका रुपमा जिम्मेवारी सम्हाल्हेका थिए ।  पदमुक्त भएका स्विनीले आफूले राजिनामा दिनु पर्नाको कारणका बारेमा भने वक्तव्यमा केही उल्लेख गरेका छैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com