अविवाहित कोमल ओलीले गरिन् विवाह गराउने साईटको उद्घाटन
प्रकाशित मिति : पुस २३, २०७५ सोमबार
अष्ट्रेलियामा कार्यरत रहेका पण्डित ज्योतिषहरुको सक्रियतामा बनाइएको माई स्वयम्बर डट कम ( https://myswayambar.com/) को सुरुवात गरिएको छ । नयाँ वर्ष २०१९ र टोपी दिवसको अवसर पारेर वेवसाईटको राष्ट्रिय सभा सदस्य कोमल ओलीले शुभारम्भ गरिन् । विवाह गर्न र गराउनका लागि उपयोगी मानिएको यो साईटको सुरुवात गर्ने कोमल ओली चर्चित गायिका हुन् भने उनी अविवाहित छिन् ।
अष्ट्रेलियाको गुरुमंजरी ग्रुपद्वारा संचालित यो वेवसाईट शुभारम्भ कार्यक्रमको नेपालमा जन्मिएर विश्वका विभिन्न देशमा पुग्नुभएका गुरुहरु एवं धार्मिक अभियन्ताहरुको सहभागिता छ । यो समूहले वैदिक सनातनी परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्य लिएको छ ।
विदेशमा गएपछि वैवाहिक सम्बन्धमा देखिएका बिकृति न्युनिकरण गर्न यो साईट सहयोगी हुने विश्वास सस्थाका नेपाल संयोजक मुकुन्द शर्माले गरे । उक्त अवसरमा बोल्दै गायिका एवं सांसद कोमल वलिले सनातन हिन्दु धर्मको वैदिक परम्परा अनुसार मानव जीवन सार्थक बनाउन बिवाहको सम्वन्ध सुमधुर हुनुपर्दछ । सही जोडीलाई भेट गराउने सवालमा सहयोग गर्ने विश्वास व्यक्त गरिन ।
विवाह गर्न चाहने विश्वभरी छरिएका नेपालीहरुले आआफ्नो समुदाय र वैद्धिक सनातनी परम्पराको निरन्तरता कायम राख्दै आफ्नो आर्थिक अनुकुलतामा धार्मिक, सामाजिक, सांस्कृितक रितिरिवाज र परम्पराका साथै आफ्नो चाहना अनुसारको योग्य वर वा वधुलाई मिलन गराउने आधुनिक प्लेटफर्म तयार पारेको ग्लोबल संयोजक पण्डित प्रकाश ढोडारीले बताए ।
विवाह संयोजक ज्योतिष राजु शर्मा भेट्वालले दिएको जानकारी अनुसार गुरुमंजरी ग्रुपमा नेपालबाट धार्मिक अभियन्ता मुकुन्द शर्मा, बेलायतबाट पण्डित दुर्गाप्रसाद पोखरेल र जगदिश पौडेल, न्यूजिल्याण्डबाट घनश्याम काफ्ले, जापानबाट भागिरथ सापकोटा, क्यानडाबाट जगदिश गैरी र धर्मदास शास्त्री, अमेरिकाबाट उद्धव शास्त्री, रमनराज शास्त्री, राजेन्द्र खनाल, भवानी शंकर शास्त्री, वासुदेव घिमिरे, युरोपबाट रामहरि शास्त्री, दार्जिलिङबाट ईन्द्र शास्त्री भारतको सिल्गुरीबाट रमेश शर्मा भेट्वाल र हङकङबाट रुद्र प्रसाद भट्टराईले प्रतिनिधित्व गरी क्रियाशिल रहेको बाँकी अन्य देश र शहरमा पनि यो अभियानलाई विस्तार गरिने भएको छ ।