अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

सरकारले अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मानव तस्करीको आरोपमा स्पष्टीकरण दिन काठमाडौं तानिएकी राजदूत शेर्पालाई बर्खास्त गरेको हो ।

तर मन्त्रिपरिषद्को निर्णय विहीबार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ ।

परराष्ट्र मन्त्रालयमा शेर्पाले दिएको स्पष्टीकरण चित्त नबुझेपछि बर्खास्तका लागि प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगिएको थियो ।

चालकका रूपमा अष्ट्रेलिया पुगेका वाङ्छु शेर्पाले मानव तस्करीको अभियोग लगाएपछि शेर्पा विवादमा तानिएका थिए । उनी अघिल्लो सरकारका पालामा तत्कालिन नेकपा माओवादी केन्द्रको कोटामा अष्ट्रेलियाका लागि राजदूत नियुक्त भएकी थिइन् ।

यस्तै, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि सरकारले बर्खास्त गरेको छ ।

Himalayan Kangaroo

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com