अष्ट्रेलिया आउन चाहनेहरुको लागि सहयोगी मोबाइल एप्स


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

अष्ट्रेलिया आउन चाहने वा आउने तयारि गरिरहेका  व्यक्तिहरु नौलो देशमा जान लागेको अनुभवले गर्दा अलमलमा हुन्छन्। यहाँको नयाँ भूगोल, परिवेश, तथा वातावरणलाई कसरि चिन्ने, कसरि घुलमिल हुने भन्ने कुराले उनीहरु केही हतास हुन्छन् । अष्ट्रेलिया आउंदै गरेका नयाँ व्यक्तिहरुको त्यस्तो अनुभवलाई केही कम गरेर सहजता प्रदान गर्न प्रविधिले सहयोग गरेको छ । मोबाइलमा भेटिने केही एपहरुले सहयोगी भूमिका खेल्न सक्छन् ।

Migrate 2 Australia

यो मोबाइल एपले भिसा सम्बन्धि जानकारी दिन्छ ।

Map of Australia 

यो एपको मद्दतले अष्ट्रेलियाको भूगोल, त्यहाँको सहरहरुको अवस्थिति र आफू बस्न चाहेको ठाउँको बारेमा जानकारी लिन सकिन्छ ।

Country facts Australia 

यो एपले अष्ट्रेलियाको समाज, संस्कृती, रहनसहन आदिको बारेमा जानकारी लिन मद्दत गर्छ ।

Australia Immigration forum 

यस एपमा अष्ट्रेलिया बसाई सरेका र अष्ट्रेलिया जाँदै गरेका मानिसहरुबीच सुचना, जानकारी आदि आदानप्रदान हुन्छ ।

Wiki camps Australia

यसमा अष्ट्रेलिया संग सम्बन्धित विभिन्न जानकारीहरु समेटिएको हुन्छ  ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com