अष्ट्रेलियामा नेपाली विद्यार्थीको आकर्षण बढ्नुका ६ कारण
प्रकाशित मिति : माघ ९, २०७५ बुधबार
अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको आगमन बढिरहेको छ । अष्ट्रेलियाको विद्यार्थी अनुकुल वातावरणले आगमनमा वृद्धि भएको मान्न सकिन्छ । यहाँ
अष्ट्रेलियामा रहेको विद्यार्थी अनुकुलको वातावरणको केहि चर्चा गरिएको छ ।
–अष्ट्रेलियाको पढाइ अन्तराष्ट्रिय स्तरको छ । विद्यार्थीहरुमा उनीहरुको सन्तुष्टिको बारेमा गरिने अध्ययनमा अष्ट्रेलियाको पढाईबाट अधिकांश विद्यार्थीहरु “सन्तुष्ट“ र “अति सन्तुष्ट“ पाईएको छ । यहाँका विश्वविद्यालयहरु विश्वमै उत्कृष्ट विश्वविद्यालयहरु मध्येमा पर्छन् ।
–अष्ट्रेलियामा भौतिक सुविधा यथेष्ट मात्रामा हुनुको साथै जीवनशैली व्यवस्थित छ जसले गर्दा पढ्नको लागि उपयुक्त वातावरण मिल्छ ।
–अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सरकारले महत्व दिन्छ । यसको साथै सरकारले विभिन्न छात्रवृत्ति योजनाहरु छुट्टाएको हुन्छ ।
–यदि अष्ट्रेलियाको उच्च शिक्षा हासिल गर्न पढाईको मापदण्ड पुगेन भने त्यो तह सम्म पुर्याउने आधारभूत कोर्स हुन्छ । उक्त कोर्स पूरा गरेपछि युनिभर्सि्टिमा भर्ना हुन सकिन्छ ।
–अष्ट्रेलियामा विद्यार्थीहरुलाई पन्ध्र दिनमा ४० घण्टा काम गर्ने अनुमति हुने हुनाले विद्यार्थी आत्मनिर्भर बन्न सक्छन् ।
–अष्ट्रेलियामा विद्यार्थीहरुको बसाईको लागि कोठा भाडामा लिने, पेयिङ्ग गेस्ट, होम स्टे, क्याम्पसको होस्टेल आदि विकल्पको रुपमा हुन्छन् ।
-हिमालयन कङ्गारु