बालबालिकाको डाइपरमा भेटियो हानीकारक केमिकल
प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार
फ्रान्सको राष्ट्रिय स्वास्थ्य एजेन्सीले बालबालिकाको डाइपरमा घातक रासायनिक पदार्थ भेटिएको बताएको छ।
एजेन्सीका चिकित्सकहरुले बालबालिकाले प्रयोग गर्ने डाइपरको परिक्षण गर्दा मानिसको स्वास्थ्यमा हानी गर्ने खालका तत्व भेटिएको बताइएका छन्।
डाएपरमा गाँजाका बोटहरु मास्ने विड किलर ग्लिपोसेट भेटिएको छ। यसले छालाका रोगहरु निम्ताउन सक्छन्।
विश्वभरका बालबालिकाको स्वास्थ्यमा यस्ता खालका डाइपरले असर गर्नसक्ने एजेन्सीले चेतावनी समेत दिएको छ। एजेन्सीले फ्रान्समा तत्काल डाइपरलाई प्रयोगमा नलाउन भनेको छ।
फ्रान्सका स्वास्थ्यमन्त्री एग्नीस बुज्यानले डाइपरका कारण तत्काललाई बालबालिकाको स्वास्थ्यका कुनै समस्या नभएको प्रतिक्रिया जनाएका छन्। यद्यपी उनले यसबारे अनुसन्धान हुने बताएका छन्।
फ्रान्सको स्वास्थ्य, अर्थ, तथा वातावरण मन्त्रालयले संयुक्त विज्ञप्ती जारीगर्दै १५ दिनभित्र यस्ता डाइपर हटाउन डाइपर तथा न्याप्पी कम्पनीलाई चेतावनी दिएका छन्।