जापानी विद्यार्थीको हत्या गरि भागेका व्यक्ति १५ बर्षपछि पक्राउ
प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार
सन् २००४ मा जापानको एक युनिभर्सिटिकी छात्रालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले फिलिपिनो नागरिकलाई पक्राउ गरेको छ ।
अन्तरराष्ट्रिय अपराधको सूचीमा समावेश उनलाई नारिता विमानस्थलमा पक्राउ गरेको प्रहरीले जनाएको छ । अपराधको समयमा उनी नाबालिक रहेको र फिलिपिन्स भागेको प्रहरीले बताएको छ ।
आरोपीले जापान अधिकारीसमक्ष आत्मसमर्पण गर्न जापान फर्किएको जानकारी पाइएको अनुसन्धानमा संलग्न स्रोतले बताएको छ । त्यस्तै हत्याका मुख्य आरोपी ३७ वर्षिय जेरिको मोरी ल्याम्पानोलाई पिडितको शरीरबाट प्राप्त डीएनए स्याम्पलका आधारमा सन् २०१७ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । त्यस्तै हाल पक्राउ परेका व्यक्ति घटनाको समयमा १८ वर्षका थिए भने अर्का १९ वर्षका थिए । यसै महिना टोकियोको हाइ कोर्टले ल्याम्पानोलाई आजीवन कैदको सजाय सुनाएको थियो ।
तीन जना व्यक्तिले नजिकैको शहरबाट एक सवारीमा २१ वर्षिय विद्यार्थीलाई अपहरण गरी बलात्कार गरेर सन् २००४ को जनवरी ३१ मा उनको घाँटी काटी हत्या गरि नदी किनारमा फालेका थिए ।