अष्ट्रेलियामा ‘ट्याक्स रिफन्ड’ को नाममा ठगी गर्ने गिरोह सक्रिय, सतर्क रहन कर कार्यालयको आग्रह


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

अष्ट्रेलियामा पछिल्लो समय ट्याक्स रिफन्डको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको छ । अष्ट्रेलियन ट्याक्स अफिसले सुचना जारि गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

अधिकारिहरुका अनुसार, पैसा ठगी गर्ने तथा व्यक्तिगत विवरण लिनको लागि उक्त गिरोहले ट्याक्स रिफन्डको नामको बाटो अपनाएको छ । ट्याक्स अफिसबाट भन्दै मानिसहरुलाई उनीहरुले एसएमएस पठाउँछन् । त्यसमा रिफन्ड लिनको लागि लिंक क्लिक गरेर व्यक्तिगत विवरण भर्न भनिएको छ । एसएमएसको लागि उनीहरुले ट्याक्स अफिससंगै मिल्दो नम्बर प्रयोग गरिरहेका छन् ।

त्यस्तो कुनै शंकास्पद एसएमएस या फोन आएमा सतर्क रहन र सम्बन्धित ठाउँमा खबर गर्न अष्ट्रेलियन ट्याक्स अफिसले आग्रह गरेको छ । शंकास्पद एसएमएस या फोन आएमा १८०० ००८ ५४० मा सम्पर्क गरेर जानकारी दिन र सत्य भए नभएको यकिन गर्न सकिनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com