पोर्चुगलको राजधानी तथा आसपासका ४ जिल्लामा इमिग्रेशनको छापा, १६ जना आप्रवाशीलाई देश छाड्न आदेश


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

द इमिग्रेशन एण्ड बोर्डर सर्भिस (सेफ) ले हिजो लिस्बोनको कोलम्बो सपिङ्ग सेन्टरमा छापा मार्दा एक खाना डेलिभरी कम्पनीमा आठ जना आप्रवासीहरुलाइ अबैधरुपमा बसोबास गरेको फेला पारेको छ ।

सोही क्रममा लिस्वोन क्षेत्रमै थप १९जनाको कागजात चेक जाँच गरिएको सेफले जनाएको छ ।जसमध्ये आठ जना आप्रवासी अबैध फेला परेका थिए । जस मध्ये ६ जनालाई सेफले देश निकालाको आदेश दिएको छ भने बाँकी २ जनालाई २ दिन भित्र कार्यालयमा उपस्थित हुन भनेको छ ।

यस अप्रेशनमा पिएसपि को नेतृत्वमा ६ जना इन्स्पेक्टर हरु सहभागि थिए । त्यस्तै यसै साता राजधानि लिस्बोन तथा Aveiro, Castelo Branco, Leiria र Viseu जिल्लामा सेफले छापा मारेको छ ।

बस पार्क , रेलवे तथा मेट्रो स्टेशन एवं औद्योगिक कम्पनीहरुमा आप्रबासी हरुका कगजात चेक गरिएको सेफले बताएको छ यस साता देश निकाला हुनेको संख्या १६ पुगेको छ ।यसबारे थप समाचारकालागि यहाँ क्लिक गर्नुहोला।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com