अष्ट्रेलियामा टुरिस्ट भिसामा आएका एक भारतीयले १२ डलर प्रतिघण्टामा काम गरेको भेटिएपछि..


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

अष्ट्रेलियामा टुरिस्ट भिसामा आएका एक भारतीय व्यक्तिले १२ डलर प्रतिघण्टाको दरले काम गरेको भेटिएको छ । उनी ६२ वर्ष उमेरका रहेको बताइएको छ ।

ती व्यक्तिले कार वाशमा काम गर्दै आएका थिए । उनलाई भारत फिर्ता पठाइएको छ भने कम्पनी माथि थप अनुसन्धान भइरहेको छ ।

अष्ट्रेलियन बोर्डर फोर्सले गैरकानुनि रुपमा अष्ट्रेलियामा काम गर्ने विदेशीहरु माथि कम्पनिहरुले श्रम शोषण गरिरहेको सुचना पाएको आधारमा ‘रेड’ मारेको छ । अष्ट्रेलियन बोर्डर फोर्सले भिक्टोरिया, न्यु साउथ व्ह्लेस र क्विन्सल्याण्डमा रेड मारेको हो ।

अहिलेसम्म फेला परेका मध्ये आठ जना देश निकाला भइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com