दुई दिनमा यस्तो देखियो पाकिस्तानको आकास
प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार
भारत-पाकिस्तानबीच द्वन्द चर्किएपछि पाकिस्तानको आकास हुँदै कुनै पनि यात्रुवाहक अन्तर्राष्ट्रिय विमान उडेका छैनन्।
बुधबार पाकिस्तानी वायुसेनाले भारतीय वायुसेनाको जहाज खसालेदेखि नै पाकिस्तानको आकासमा कुनै पनि यात्रुवाहक जहाज उडेका छैनन्।
भारत पाकिस्तान सीमा वरपरी भारतीय आकासमा पनि जहाजहरू उडेका छैनन्।
इरान, अफगानिस्तान, पाकिस्तानहुँदै भारत आउने जहाजहरु हिन्द महासागरको बाटो हुँदै भारत प्रवेश गरिराखेका छन्। पाकिस्तान हुँदै नेपाल आउने अन्तर्राष्ट्रिय जहाज पनि हिन्द महासागर हुँदै भारतबाट नेपाल प्रवेश गरिरहेका छन्।
यसले नेपाल आउने कतिपय अन्तर्राष्ट्रिय हवाईसेवाको यात्रासमेत लम्बिएको छ।