६ म्याग्निच्यूडको भूकम्प
प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार
फिलिपिन्समा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल नोर्टे प्रान्तको तटपारी ६ म्याग्निच्यूडको भूकम्प महसुस गरिएको अमेरिकाको भौगर्भिक सर्वेक्षणले जनाएको हो ।
स्थानीय समय अनुसार शुक्रबार अबेर ११ बजेर ६ मिनेट जाँदा सुरिगाओ डेल नोर्टे प्रान्तको बुर्गोस शहरबाट ४१ किलोमिटर उत्तरपूर्वमा १६ किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको फिलिपिन्सको ज्वालामुख तथा भूकम्प अध्ययन प्रतिष्ठानले जनाएको छ ।
भूकम्पपछि भएको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन भने संभावित सुनामीको चेतावनी समेत जारी गरिएको छैन ।