पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले दिए राजीनामा


प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार

पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिनु भएको जनाइएको छ । प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।

मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिनुभएको हो । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com