अष्ट्रेलियाको नर्थ मेलबर्नस्थित चर्चबाट दुईजना पक्राउ,हाइ अलर्टमा प्रहरी


प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार

अष्ट्रेलियाको फेडरल र भिक्टोरिया प्रहरीले शुक्रवार मेलबर्नबाट दुई संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छन् ।

नर्थ मेलबर्नमा अवस्थित एक चर्च क्षेत्रबाट ती व्यक्तिहरुलाई शुक्रवार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु सेन्ट मेरिज चर्चको सवारी पार्किङ क्षेत्रमा शंकास्पद अवस्थामा रहेको प्रहरीको भनाइ छ । तर प्रहरीले पक्राउ परेका व्यक्तिहरुका बारेमा कुनै विवरण खुलाएको छैन । नियमित गस्तीका क्रममा शंकास्पद व्यक्तिहरुलाई सोधपुछकालागि नियन्त्रणमा लिएको प्रहरीलाई उधृत गर्दै एसबीएस अनलाइनले जनाएको छ । पक्राउ पर्नेमा एकजना पुरुष र एक महिला रहेका छन् । उनीहरु दुवैजनासँग शुक्रवार रातभर बयान लिएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले नर्थ मेलबर्नमा अवस्थित बेडफोर्ड स्ट्रिटको आवासीय भवनमा पनि आकस्मिक छापा मारेको छ ।

हालै श्रीलंकामा भएको आत्मघाती हमलामा अष्ट्रेलियामा पढेर फर्किएका एक व्यक्तिको समेत संलग्नता रहेको पुष्टि भएपछि अष्ट्रेलिया प्रहरीले उच्च शतर्कता अपनाएको छ । यहाँको प्रहरीले आतंकवाद विरुद्धको प्रहरी टोलीलाई हाइ अलर्टमा राखेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com