अष्ट्रेलियाको विमानस्थलमा कम्प्युटर प्रणालीमा समस्या
प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार
अष्ट्रेलियाको अन्तराष्ट्रिय विमानस्थलमा रहेको अद्यागमन कार्यलयहरुमा रहेको कम्प्युटर प्रणालीमा समस्या देखिएको छ ।
कम्प्युटर प्रणालीमा देखिएको समस्याका कारण सोमवार विहानैदेखि अद्यागमनको काममा ढिलाइ भैरहेको छ । ई–पासपोर्ट र यात्रुहरुको अनुहार पहिचान गर्ने स्मार्ट गेट पासपोर्ट नियन्त्रक मेशिनमा खराबी देखिएको समाचारमा उल्लेख छ । स्वचालित मेशिनमा खराबी देखिएपछि मान्छेले नै पासपोर्ट परीक्षण गर्नुपर्ने भएको छ । यसले गर्दा यात्रु चेकजाँचमा ढिलाइ भएको बताइएको छ । अष्ट्रेलियाको अद्यागमन कार्यालयले नियमित समयभन्दा अलि अगावै आएर चेक जाँच गराउन यात्रुहरुलाई अपिल गरेको छ ।
अष्ट्रेलियाको बोर्डर फोर्स कार्यालयले भनेको छ–हामी आइटी प्रणालीमा देखिएको समस्या सुल्झाउन लागिपरेका छौं । यात्रुहरुलाई ढिलाइ नहोस् भनेर विमानस्थल अद्यागमन कार्यालयहरुमा थप कर्मचारी परिचालन गरेका छौं ।