अष्ट्रेलियामा पार्टनर भिसाको लागि एप्लाई गरेका व्यक्तिको पार्टनरले इमिग्रेसनमा ब्रेकअप भयो भनिदिएपछि ..


प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार

अष्ट्रेलियामा पार्टनर भिसाको लागि एप्लाई गरेका व्यक्तिको पार्टनरले इमिग्रेसनमा ब्रेकअप भयो भनिदिएपछि उनको भिसा एप्लिकेसन रद्द भएको छ ।

अष्ट्रेलियाका ती व्यक्ति र उनको पार्टनरले विवाह गरेका थिएनन् । पार्टनरको स्पोनरसिपमा उनले पार्टनर भिसाको लागि आवेदन दिएका थिए । तर पार्टनरले इमिग्रेसनमा आफूहरुको ब्रेकअप भएको भनिदिएपछि उनको भिसा एप्लिकेसन रद्द भएको छ ।

ती व्यक्तिले आफ्नो पार्टनरसंग संगै बसेको प्रमाण, ऊसंग सम्बन्धमा रहेको प्रमाण र संगै बस्दा जिम्मेवारी निभाएको भए, ती प्रमाण पनि नहुँदा ती व्यक्तिको एप्लिकेसन रद्द भएको अधिकारिहरुले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com