जर्मनमा नयाँ शक्ति, खरेल संयोजक
प्रकाशित मिति : फाल्गुन १८, २०७३ बुधबार
नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज, जर्मन गठन भएको छ । हिजो जर्मनीमा भएको पहिलो भेलाले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
भानुभक्त खरेलको संयोजकत्वमा गठित नयाँ कार्यसमितिको सचिवमा दिपक देवकोटा,सह-सचिव बिनय बिस्ट, कोषाध्यक्ष विज्ञान कार्की, सञ्चार बिभागमा गोकर्ण रहनु भएको छ भने प्रमुख सल्लाहकारमा शिव कुमार श्रेष्ठ हुनुहुन्छ । यसैगरी सदस्यहरुमा स्मिता सोती, सगर बडाल, प्रभात किरण, मनशिखा दोङ् रविन्द्र ,विनय रेग्मी लगायत रहेका छन् ।
भेलापछि बसेको कार्यसमितिको पहिलो बैठकले नयाँ शक्ति पार्टी नेपालको उदेश्यका बारेमा अन्तरक्रिया गर्ने, नयाँ सदस्यता वितरण गर्ने, प्रथम अधिवेशनको लागि तयारी गर्ने र जर्मनमा रहेका नेपाली विद्यार्थीले भोग्नु परेका समस्याका बारेमा आवाज उठाउने लगायतका निर्णय गरेको नवनिर्वाचित संयोजक भानुभक्त खरेलले जानकारी दिनुभयो ।