३३ किलो सुन तस्करीबारे प्रहरीद्धारा तथ्य सार्वजनिक


प्रकाशित मिति : फाल्गुन २२, २०७३ आईतबार

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्टबाट ३३ किलो सुन बाहिरिएको तथ्य आइतरबार सार्वजनिक गरेको छ ।

३३ किलो सुन बरामदपछि पक्राउ परेकाहरुमाथि दुई महिनाको लामो अनुसन्धानपछि ब्युरोले आइतबार सुन तस्करीबारे तथ्य बाहिर ल्याएको जनाईएको हो ।

आईतबार पत्रकार सम्मेलन गर्दै ब्युरोले अहिलेसम्म ३३ किलो सुन प्रकरणमा १२ जना पक्राउ परेका जानकारी दिए । उनीहरुले उक्त सुन वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट संकलित रकम र नेपालमा रहेका सुन व्यापारीहरुबाट प्राप्त रकमबाट खरिद गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको जनाएको छ  ।

३३ किलो सुन प्याकिङ तथा क्यारियर व्यवस्थापनका लागि ३ देखि ५ जना व्यक्ति परिचालन गरेको, सुन बोकी ल्याउने क्यारियर र लगेजको फोटो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत नेपालमा सुन रिसिभ गर्ने व्यक्तिलाई पठाउने गरेको, क्यारियर र लगेजको फोटो भन्सारका कर्मचारीसम्म फेसबुक म्यासेन्जरमार्फत पठाउने गरेको प्रहरीले जनाएको छ ।

संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरेको थियो । अब सुन तस्करीको मुद्दा अदालती प्रक्रियामा प्रवेश गर्नेछ । सरकारी वकिलको कार्यालयमा मुद्दासम्बन्धी सबै फाइल शुक्रबार नै बुझाइसकिएको ब्युरोले जनाएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com