नेपालबाहिरको नेपाल

आमाबारे नेपालीको सहभागितामा डिसीमा नौलो कार्यक्रम, वासिंटन टाइम्सका अध्यक्ष प्रमुख अतिथि

अमेरिकामा आमा दिवशको पवित्र दिन मे १३ तारिखमा नयाँ बिषयमा पहिलो पटक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले युनिभर्सल पिस फेडेरेशन सँग मिलेर

युएईमा नेपालीबाट नै नेपाली ठगिन्छन्

उमाकान्त पाण्डे । युएईमा रहेको नेपाली दूतावास सचेतना अभियान लिएर नेपाली कार्यरत कम्पनीका मजदुर क्याम्पसम्म पुगेको छ । सचेतना कार्यक्रम लिएर मजदुर क्याम्पमा पुग्ने प्रतिनिधिसँग धेरै कामदारले एउटै समस्याबारे गुनासो

नेपाली समाज अमेरिकाको शुभकामना साँझ भब्यतापुर्वक सम्पन्न

नेपाली समाज अमेरिकाद्धारा कनेक्टिकटको न्यू हेभनमा आयोजित,नवबर्ष २०७५ को शुभकामना आदनप्रदान तथा विबिध सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै ब्रानफोर्ड शहरका मेयर जेमी कोसग्रोभले नेपाली समाजमाजले

क्विन्स नेप्लिज लायन्स क्लवमा नयाँ कार्यसमिति

न्यूयोर्कमा रहेका नेपालीको सक्रियतामा गठित क्विन्स नेप्लिज लायन्स क्लवको आइतबार सम्पन्न भेलाले लायन पुरषोत्तम पन्थिको अध्यक्षतामा आगामि कार्यकालको लागी १९ सदस्यिय बोर्ड गठन गरेको छ । विभिन्न पेशा व्यवसायमा सम्लग्न

नेवारी संस्कृति मेटाउन खोजिएको भन्दै अमेरिकामा रहेका नेवारबाट प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाल सरकारले संविधानको मर्म र भावना विपरित सडक विस्तारका नाममा ललितपुरको ऐतिहासिक क्षेत्र खोकनाका स्थानीयवासीको परम्परा र संस्कृतिलाई नै नामेट गर्ने गरी अभियान चलाएको भन्दै अमेरिकामा रहेका ४ नेवारी संगठन

मधेसी एसोसीएसन इन अमेरीकाको अधिवेशन न्यूयोर्कमा

अमेरीकामा रहेका मधेशीहरुको छाता संगठन, मधेसी एसोसीएसन इन अमेरीका, (माँ) को प्रथम महाधिवेशन आगामी मे २५ र २६ तारिख न्यूयोर्कमा हुने भएको छ । “मधेशी समुदायको सशक्तिकरण र संस्कृती प्रवर्धन”

बुद्धजयन्ती मनाउन पोर्चुगलमा आजैदेखी तयारी,मुल समारोह समिति र उपसमितिहरु गठन

यस बर्षको शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६२औं जन्म जयन्ती मनाउन पोर्चुगलमा आजैदेखी तयारी गर्न थालिएको छ । आज नेपाली कन्सुलेट कार्यालय लिस्बनमा बुद्ध जयन्ती मनाउने विषयमा बृहद छलफल भएको

न्यूयोर्क मा नारी दिवस

ग़ैर आवसिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका न्यूयॉर्क च्याप्टर ले अंतराष्ट्रीय नारी दिवस भब्यरूप सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अथिति नेपाली महाबाणिज्यदूत मधु मरासिनीले नेपाली महिलाहरूको अधिकार, नेपाल

नर्थ क्यारोलाइनाको मोरिसभिलमा अप्रिल २१ मा नेपाल दिवस

‘हामी विदेशिएका होइनौ, विश्वव्यापी भएका हौ’ भन्ने मुल नारा सहित आगामी अप्रिल महिनाको तेश्रो शनिवार नर्थ क्यारोलाइना राज्यको मोरिसभिल शहरमा नेपाल दिवस मनाइने भएको छ । गत वर्ष देखि मनाउन

न्यूयोर्कमा  गिरिजा बावुलाई सम्झिदै स्मृति सभा

सोमनाथ हुँमागाई शुक्रवार  नेपाली जनसम्पर्क  समिति न्यूयोर्क च्याप्टर अमेरिकाले गिरिजा प्रसादकोइरालाको ८ औं पुण्य स्मृति दिवस एक स्मृति सभाको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।नेपाली  काँग्रेसका केन्द्रीय सदस्य श्रीमती रत्न शेरचनको  प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा  न्यूयार्कका बिभिन्न संस्थाकाप्रमुख एवं प्रतिनिधिहरूले देश र जनताका निमित्त गिरिजा प्रसादकोइरालाले गरेको योगदानका बारेमा चर्चा गर्दै श्रद्धा सुमन अर्पण गरेकाथिए । प्रमुख अथितिको रूपमा बोल्दै श्रीमती शेरचनले नेपालको ईतिहाँसमा लोकतन्त्र प्राप्तिका निमित्त लामो संघर्ष गर्ने महान योद्धाको रूपमागिरिजा प्रसाद कोईरालालाई लिनुपर्ने कुरा राखेका थिए ।उहाँको कद नेपालमा मात्र होईन दक्षिण एसियामा नै उचो भएको बताउँदै, उहाँकाँग्रेसको मात्र नभई समग्र राष्ट्रको नेता भएको कुरा बताएका थिए । बिशेष अथितिको रूपमा बोल्दै पूर्व केन्द्रीय सदस्य सुनील कुमारभण्डारीले अपोजिशनको कुरालाई, क्रिटिसाईजलाई  सहज ढंगले सुन्नसक्ने तागत भएको महान लोकतान्त्रिक नेताको रूपमा आफुलेगिरिजा प्रसाद कोईरालालाई चिनेको कुरा बताउँदै, आफु धेरै लामो समय सम्म गिरिजा प्रसादको निकट रहेर केन्द्रीय समितिमा बसेकोहुनाले आफ्नो पुरै व्यक्तिगत जीवनमा गिरिजा प्रसादको प्रभाव परेको कुरा स्मरण गर्दै भावुक बनेर कोईरालालाई श्रद्धासुमन अर्पण गरेकाथिए । अर्का बिशेष अथिति नेकाको आमन्त्रित केन्दीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले जब नेपालमालोकतन्त्र जोखिममा थियो उतिवेला गिरिजा प्रसाद कोईरालाको निर्देशनमा आफुले अमेरिकाको बिभिन्न सम्बन्धित निकायहरूमा नेपालमालोकतन्त्र प्राप्तिका निमित्त भएको आन्दोलनहरूको नेतृत्व गर्दा गिरिजा प्रसाद कोईरालासंगको सम्बादले आफु अत्यन्तै प्रभावित बनेको कुरास्मरण गर्दै, उहाँ कार्यक्रतालाई अतिनै माया र सम्मान दिने नेताको रूपमा लिएको कुरा राखेका थिए । कार्यक्रमका अर्का अथिति नेपालीजनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले गिरिजा प्रसाद कोईराला सेल्प मेड म्यान भएको कुरा बताउँदै, लोकतन्त्र प्राप्तिको निमित्त अनवरत संघर्ष र योगदान, लोकतन्त्रलाई केन्द्रमा राखी माओवदीको हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण ढंगले समाधान, राजसंस्थाको अन्त्य गर्दै,सहमति र सहकार्यको राजनीतिको अध्याय सुरू , उदार र प्रतिस्पर्धात्मक आर्थिकनीति मुलुकमा भित्र्याउँनेनेतृत्वदायी भुमिकाका लागि कोईरालालाई देश र जनताले सधैं सम्झिरहने बताएका थिए । अन्य श्रद्धान्जली मन्तव्य राख्नेहरूमा, नेजस केन्द्रीय सदस्य प्रमानन्द खनाल, प्रवासी नेपाली मन्चका महासचिव राधाकृष्ण देउजा, संघियमंन्च अमेरिकाका उपसभापति बिनोद पोमु, रिजुड नेपाली समाजका अध्यक्ष रवि किरण कोईराला, एनआरएन एनसिसिका सचिव होमगौतम, एनआरएन न्यूयोर्क च्याप्टरका सभापति रामहरी अधिकारी,एनआरएन एनसिसिका सदस्य संजय थापा, नेबिसंघ अमेरिका शाखाकासभापति महेन्द्र शाह, स्पोर्ट एण्ड कल्चरका सचिव संजिव श्रेष्ठ, जनजाति संघका प्रेम गुरूंग,नेपाल अमेरिकन कलाकार संघका उपसभापतिडिवी पुलामी, युक्रा न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , शिव बानियाँ , अर्जुन मैनाली, शारदा छेत्री, डम्बर जंग गुरूगं लगायत थिए । नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाका सभापति रोशन ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको स्मृति सभाको संन्चालनच्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका उपसभापति अमर तामांगले गरेको उक्त कार्यक्रम स्थानीय ज्याक्सन हाईटको थकाली किचनमा  सम्पन्न भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com