Khasokhas

अमेरिका र क्युबाबीचको कुटनीतिक सम्बन्ध पचास वर्षपछि पुन स्थापित

झण्डै आधा शताब्दीपछि अमेरिकी राष्ट्रपति बराक ओबामाले बुधबार क्युबासँगको कुटनीतिक सम्बन्ध पुनस्थापित गर्ने र हवानामा अमेरिकी दूतावास खोल्ने निर्देशन जारी गरेका छन् । ओबामाले क्युबासँगको दशकौं लामो शितयुद्ध अन्त्य गर्दै यस्तो आदेश जारी गरेका हुन् । यस्तो घोषणा क्युबाका राष्ट्रपति राउल क्याष्ट्रो र अमेरिकी राष्ट्रपति बराक ओबामाबीचको १८ महिनापछिको गोप्य वार्तापछि आएको हो ।
×