अमेरिकाको सडकबाट किन हटाइयो मार्टिन लुथरको नाम ?


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

अमेरिकाको मध्यपश्चिम मिजोरी राज्यको कन्सास सहरका मुख्य सडकबाट मार्टिन लुथर किङको नाम हटाइने भएको छ । विशेष निर्वाचनमा किङको नाम हटाउने प्रस्तावमा अत्यधिक मत खसेपछि मार्टिन लुथरको नाम हट्ने भएको हो ।

किङको नाम हटाउने प्रस्तावमा ७० प्रतिशत मत खसेको प्रारम्भिक मत परिणामले देखाएको छ । यही जनवरीमा  सिटी काउन्सिलले सहरको पूर्वीक्षेत्रको १६ किलोमिटर सडकको नाम पासेवो बुलेभडबाट परिवर्तन गरी मार्टिन लुथर किङको नाम राखेको थियो । तर, आफूहरूसँग परामर्श नै नगरी सडकको नाम परिवर्तन गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए ।

विरोधीहरूले सडकको नाम परिवर्तन गराउन ‘सेभ द पासेओ’ समूह बनाएर अप्रिलमा मार्टिन लुथर किङको नाम हटाउन हस्ताक्षर संकलन गरेका थिए । विश्वभर एक हजारभन्दा बढी सडकको नाम मार्टिन लुथर किङबाट राखिएको छ । जसमा नौ सय ५५ वटा मात्रै अमेरिकामा छन् । सडकको नाम परिवर्तन गर्न चाहने स्थानीयहरूले एउटै स्वरमा भने, ‘हामी किङको बिरासतलाई सम्मान गर्छौं, तर सडकको नाम परिवर्तन गर्ने काउन्सिलको निर्णयको आलोचना गर्छौं । डा. किङको नाम राख्ने काउन्सिलको निर्णयलाई बुलेभडको ७५ प्रतिशतले स्वीकार गर्दैनन् ।’

‘मैले आफ्नो निर्वाचन क्षेत्रमा उनीहरूले काउन्सिलको निर्णय चाहँदैनन् भन्ने ठूलो स्वर सुनेँ,’  काउन्सिल सदस्य एलिसिया क्यानाडीले भनिन् । उनी थप्छिन्, ‘त्यहाँ अफ्रिकी र अमेरिकी मालिक छन्, जो डा. किङलाई सम्मान दिएको मन पराउँदैनन् । नामको विषयमा राजनीतिक स्वार्थ नभएको काउन्सिललाई राम्रोसँग थाहा थियो ।’ क्यानाडी आफैँ पनि अश्वेत महिला हुन् । यहाँका बासिन्दाहरू विशेष समूहको स्वार्थमा चुप लागेर नबस्ने उनी बताउँछिन् ।

डा. किङले स्थापना गरेको कन्सास सिटीको साउथन क्रिस्चियन लिडरसिप कन्फ्रेन्स (एससिएलसी) ले उनको सम्मानमा सडकको नाम राख्न महŒवपूर्ण भूमिका निभाएको थियो । तर, किङको नाम हटाएपछि यसले कुनै प्रतिक्रिया दिएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com