पार्टीको कार्यकारी जिम्मेवारी अब प्रचण्डलाई, यो प्रतिनिधिसभाका लागि प्रधानमन्त्री ओली नै


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको कार्यकारी जिम्मेवारी अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सचिवालय बैठकले सरकारको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिएको हो ।

अध्यक्षद्वयको वरियता भने अहिलेकै हुनेछ । यो प्रतिनिधिसभाका लागि अब प्रधानमन्त्री ओली नै कायम हुने पनि नेकपाले निर्णय गरेको छ ।

पार्टीको बैठक बोलाउने लगायतका पार्टी काम अब प्रचण्डले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com