मन्त्रिपरिषद हेरफेर भोलि, मन्त्री बन्नेको नाम गोप्य, बिष्ट, यादव लगायत ७ लाई हटाइने


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्र मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला बालबालिकामन्त्री थममाया थापा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई हटाउने विषयमा लगभग सहमति भएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच नयाँ बन्ने मन्त्रीहरुको लिष्ट तयार भए पनि गोप्य राखिएको छ ।

भोलि बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई हटाउने मन्त्री र नयाँ बन्ने मन्त्रीको सूचीबारे जानकारी दिनुहुनेछ ।  हटाउने सूचीमा  ९ देखि १३ सम्म पुग्न सक्ने स्रोतका भनाई छ ।

हटने मन्त्रीको सूचीमा उद्योगमन्त्री यादव र कृषिमन्त्री खनाल रहेको घोषणा स्वयं उहाँहरुले नै गरिसक्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमै मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी दिएलगत्तै उद्योगमन्त्री यादव र कृषिमन्त्री खनालले आफूहरु मन्त्रीबाट बाहिरिने निश्चित भएको जानकारी दिनुभएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com